Section 13
दर्ता कायम नरहने
(१) कुनै दलले दफा ५४ को उपदफा (१) मा उल्लिखित विवरण र प्रतिवेदन बाहेक यो ऐन वा अन्य सङ्घीय कानून बमोजिम आयोगलाई बुझाउनु पर्ने अन्य विवरण वा प्रतिवेदन नबुझाएमा वा संविधान वा सङ्घीय कानून बमोजिम दल दर्ता हुन पूरा गर्नुपर्ने शर्त पूरा नगरेमा त्यस्तो दलको दर्ता कायम रहने छैन ।
(२) उपदफा (१) बमोजिम दर्ता कायम नरहेको दलको नाम आयोगले नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।